जनता टाइम्स

२५ माघ २०८०, बिहीबार १८:३८

लागूऔषधसहित एक जना पक्राउ


धनगढी, २५ माघ । धनगढी उपमहानगरपालिकामा एक युवक लागुऔषधसहित पक्राउ परेका छन् । धनगढी–८ धनगढीगाउँबाट ६५० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थसहित सोही ठाँउका १९ वर्षीय आदित चौधरी गएराती पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।