जनता टाइम्स

२६ माघ २०८०, शुक्रबार १४:२६

एमाले रौतहट अधिवेशनको बन्दसत्र सुरू


रौतहट, २६ माघ । नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको बन्द सत्र सुरु भएको छ । नेकपा एमालेका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईको प्रमुख आतिथ्यतामा रौतहटको गरुडामा नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनको बन्द सत्र सुरु भएको हो ।

नेताहरूले सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिरहेको भए पनि सर्वसम्मत नेतृत्व चयन नहुने आँकलन गरिएको छ । नेकपा एमाले रौतहटको अध्यक्षको आकांक्षीमा अखिलेश चौधरी, रुपेश पटेल, सचिलानन्द शाहले शाह रहनुभएको छ ।

आज दिनभर सर्वसम्मत नेतृत्वको चयन गरिने र सर्वसम्मत नेतृत्व चयन हुन नसकेको खण्डमा भोलि बिहानबाट रौतहटको गरुडामा निर्वाचनका माध्यमबाट नेतृत्व चयनको प्रयास गरिने नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीले जानकारी दिनुभयो ।