मलेसिया, माघ २८ । मलेसियामा कार्यरत एक नेपालीको दुखद निधन भएको छ । कर्णाली प्रदेशको सल्यान जिल्लास्थित कालिमाटी गाउँपालिका वडा नम्बर २ का मेघराज ओलीकोनिधन भएको हो । मलेसियाको इपोबेरामा कार्यरत ओलीको रेलको ठक्करबाट निधन भएको स्थानीय समाचारएजेन्सीहरूले जनाएका छन।
तर रेलको लिकभन्दा केही पर झाडिमा शव भेटिएकाले मृत्यु शंकास्पददेखिएको छ । दुखद खबर सुनेपछि प्रवासी नेपाली मञ्चले तत्कालै मृतकको परिवारलाई दुई लाख उपलब्ध गराउनेघोषणा गरेको छ । प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका अध्यक्ष अध्यक्ष थापाले आज सोघोषणा गर्नुभएको हो ।
‘यो दुखद घडीमा परिवारलाई मल्हम लगाउन तत्काल सहयोगको घोषणागरेका छौ,’ अध्यक्ष थापाले भन्नुभयो । ओली १५ महिना अघि मात्र मलेसिया आउनुभएको थियो ।भर्खर बिबाह गरेका ओली श्रीमती र आफन्त छाडेर मलेसिया आउनुभएको थियो
प्रतिक्रिया दिनुहोस्