जनता टाइम्स

२९ माघ २०८०, सोमबार १४:०२

एमाले रौतहट अधिवेशन, मतदान जारी


रौतहट २९ माघ । नेकपा एमाले रौतहटको १० औं जिल्ला अधिवेशनमा जिल्ला अध्यक्षलगायतका पदको लागि चुनावी प्रक्रियाअन्तर्गत मतदान जारी छ। अन्तिम समयसम्म सहमति नभएपछि जिल्लाको मध्यभाग गरुडा स्थित तुलसीलाल स्मृति भवनमा आज बिहान साढे ९ बजेदेखि मतदान सुरु भएको हो ।

जिल्ला अध्यक्ष पदको लागि अखिलेश्वर चौधरी, सचिवानन्द साह उमेदवार रहनुभएको छ । उपाध्यक्ष पदका लागि चन्दन कुशवाहा, रुपेश कुमार पटेल, सुरेश कुमार राय यादव, मणिलाल सहनी लगायत ६ जना उम्मेदवार रहनुभएको छ ।

त्यसैगरी जिल्ला सचिव पदमा बाबुराम दाहाल, शिवप्रसाद आचार्य उमेदवार रहेका छन् ।

यसअघि महिला उपसचिवमा मुन्ना लामिछाने, लेखा आयोगको अध्यक्षमा पवन पटेल, उपाध्यक्षमा रमेश तिमल्सिनालगायत सदस्यहरू सर्वसहमतिमा चुनिनुभएको छ ।

अहिले भईरहेको निर्वाचनमा ४२६ जना मतदाता रहेको निर्वाचन मण्डलका सदस्य बालाबिक्रम कार्कीले बताउनुभयो । आजै बिलुकीसम्म मतगणना सकेपछि परिणाम आउने अनुमान गरिएको छ । गत २५ गते नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेसनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।