काठमाडौं, १ फागुन । आज एकाविहानै नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी पार्टीमाथि खििननु भएको छ । आज जनयुद्ध दिवसको दिन एकाविहानै समाजिक सञ्जालमा नेपाली राजनीतिको अस्थितरताको कारक भएको बताउनुभएको छ ।
उहाँले जनयुद्धका नाममा सुरु भएको शसस्त्र युद्धलाई १२ बुँदे सहमति मार्फत शान्तीपूर्ण राजनीतिक कार्यदिशा बदल्न तयार रहेको सो पार्टीले यो सच्चाइलाई नस्विकार्दासम्म अस्थिरताको कारक बनिरहने बताउनुभएको छ ।
महासचिव पोखरेलले भन्नुभएको छ ‘माओवादीले आफ्नो कार्यदिशा बदल्न तयार भएकै कारण आजको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । उहाँले लेख्नु भएको छ जनयुद्धका नाममा सुरु भएको शसस्त्र आन्दोलनलाई १२ बुँदे सहमति मार्फत शान्तिपूर्ण जनआन्दोलनको राजनीतिक कार्यदिशा बदल्न तयार हुनुको परिणाम हो आजको संघीय लोकतान्त्रिक गणतन्त्र । यो सच्चाईलाई आत्मसात नगर्दासम्म माओवादी आन्दोलन अस्थिरताको कारक बनिरहनेछ ।













प्रतिक्रिया दिनुहोस्