मलेसिया, फागुन २ । रोजगारीको क्रममा बिदेसिएका प्रवासी नेपालीहरुमा पछिल्लो समय नेकपा एमालेप्रतिको आकर्षण ह्वात्तै बढेको छ ।
एमाले निकट संगठन प्रवासी नेपाली मञ्चले केही समययता प्रवासी नेपालीको हितमा गरेको कामका कारण प्रवासी नेपालीहरु एमालेप्रति आकर्षित बनेका हुन । यही क्रममा नेपाली कामदारको आकर्षक गन्तब्य बनेको मलेसियामा एउटै कार्यक्रममा ५ सय ९९ जना प्रवासी नेपाली मञ्चको सदस्य बनेका छन ।
आफै फारम भरेर लेवीसमेत बुझाई ५ सय ९९ जनाले सदस्यता लिएको प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमालले बताउनु भयो ।
अध्यक्ष कुमालका अनुसार मलेसियामा पछिल्लो समय कामदारको हितमा सञ्चालन गरेको कामप्रति आकर्षित हुँदै ५ सय ९९ जनाले नयाँ सदस्यता लिएका हुन । ‘झण्डै ६ सय जनाले सदस्यता लिइसकेका छन, हामी बिशेष अभियान सञ्चालन गरेर कम्तीमा ३ हजार नयाँ सदस्य थप्ने योजना बनाएका छौं,’ अध्यक्ष कुमालले भन्नुभयो ।
प्रवासी नेपाली मञ्च मलेसियाका उपाध्यक्ष जीवन देवानले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कामदारको हितमा गरेको काम र प्रवासमा मञ्चले अघि बढाएको जहाँ प्रवासी नेपाली, त्यहाँ प्रवासी नेपाली मञ्च भन्ने अभियानले प्रवासमा रहेको मजदुरलाई आकर्षित गरको बताउनु भयो । देवानले मलेसियाको जस्तै अभियान सवै राष्ट्रिय कमिटीले अघि बढाएको अवस्थामा प्रवासमा रहेका सवै नेपाली मञ्च र एमालेप्रति आकर्षित हुने बताउनु भयो ।
यस्तै मलेसियाका सचिव कृष्ण खडकाले मिसन ०८४ लाई सफल बनाउन प्रवासी मञ्चले अघि बढाएको योजनाअनुसारको कामले प्रवासमा रहेका नेपाली आकर्षित बनेको र मलेसियामा ५ सय नयाँ सदस्य थपिएको जानकारी दिनुभयो ।
‘मलेसियामा जे काम गरियो, त्यस्को परिणाम ५ सय नयाँ सदस्य थपिएका हुन, यो अभियान बिश्वभर प्रवासी नेपाली मञ्चले सञ्चालन गर्नुपर्छ,’ प्रवासी नेपाली मञ्च मलेसियाका सचिव खडकाले भन्नुभयो ।
मञ्चका निवर्तमान अध्यक्ष एवं राष्ट्रिय कमिटीका सल्लाहकार परिषद सभापति शेरबहादुर गुरुङले सिंगो टीमको कामको परिणाम देखिएको बताउनु भयो । प्रवासी नेपाली मञ्चका सदस्यता लिएका ५ सय जनालाई नै शपथ गराइएको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरमा यही आइतवार एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराई र प्रवासी नेपाली मञ्च, अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले उनीहरुलाई शपथ गराउनु भयो । शपथ ग्रहणको क्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष थापादेखि सिंगो केन्द्रीय कमिटीका नेताहरु सहभागी हुनुभएको थियो ।
प्रवासमा यति धेरै संख्यामा एकैपटक सपथ गराइएको प्रवासी नेपाली मञ्चको इतिहासमै यो पहिलो पटक हो । प्रवासी नेपाली मञ्च मलेसियाले एक वर्ष भित्र ३ हजार पार्टी सदस्य पुर्याएर पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भब्य कार्यक्रम गर्ने योजना बनाएको छ ।
एउटै कार्यक्रममा ५ सय ९९ जना नयाँ सदस्यको सफथ गराउने कामप्रति अन्तराष्ट्रिय कमिटीका अध्यक्ष थापाले बिशेष बधाई दिनुभयो । ‘मलेसियालाई स्यालुट छ, यस्तो कामलाई निरन्तरता दिनोस,’ अध्यक्ष थापाले भन्नुभयो ।
अन्तराष्ट्रिय कमिटीका सचिव सचिव हेम शर्पाले नया सदस्य बनाउने काममा मलेसियाले इतिहासरचेको बताउनु भयो ।
प्रवासी नेपाली मञ्च पूर्व एशियाका संयोजक मोहन रायमाझीले मलेसिया कमिटीको यो काम निकै सह्रानीय रहेको बताउनु भएको छ । ‘यो निकै सह्रानीय काम हो, यो कामका लागि मलेसियाका सिंगो टीमलाई धन्यवाद दिनुपर्छ,’ रायमाझीले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्