धनुषा, ५ माघ । महोत्तरीको सम्सीमा झण्डा मेलामा दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । मेलाको कलश यात्राका क्रममा दुई समूहबीच झडप हुँदा प्रहरीले चार राउन्ड गोली चलाएको हो ।
झडप नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिनुभयो ।
झडपमा दुवैतर्फका केही व्यक्ति घाइते भएका छन् । झडपका क्रममा एउटा मोटरसाइकलमा आगजनीसमेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्