काठमाडौं, ६ फागुन । सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर छापावाल सुनको मूल्य तोलाको १ लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत कारोबार दिन उक्त सुन तोलामा एक लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलामा एक लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेर १ एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्