जनता टाइम्स

७ फाल्गुन २०८०, सोमबार १७:५७

काठमाडौंमा ३५ वर्षीया महिलाको शव फेला


काठमाडौं, ७ फागु । काठमाडौंमा एक महिलाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बुढानिलकण्ठ नगरपालिका–१२ कपन डेरा गरी बस्ने एक महिलाको शव फेला परेको हो ।

ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका–६ घर भएकी ३५ वर्षीया सिता मगर आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाका विषयमा आवश्यक अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।