काठमाडौं, ८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले शान्ति प्रक्रिया अन्त्रगतको संक्रमणकालीन न्याय अविलम्ब टुंग्याउन चाहिरहेको बताउनु भएको छ । एमाले केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले संक्रमणकालीन न्याय टुंग्याउँदा पीडितलाई न्याय हुनेगरी मात्रै टुंग्याउनुपर्ने बताउनु भएको हो ।
उहाँले पीडकलाई सजाय घटाउने भनेर मात्रै नहुने भन्दै कति भनेर प्रस्ट हुनुपर्ने पनि बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी संक्रमणकालीन न्यायको समस्या अविलम्ब टुंग्याउन चाहान्छौं । यो टुंग्याउदा अब फेरि पीडितलाई नै पीडा थपेर, उनीहरूलाई करकाप मन्जुर छौ भनेर होइन, उनीहरूको पीडालाई न्याय दिएर अथवा पीडित मैत्री ढंगले यस समस्याको समाधान हुनुपर्छ ।’ अध्यक्ष ओलीले स्वेच्छाचारी ढंगले सजाय घटाउने कुरा उपहास मात्र हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्