जनता टाइम्स

८ फाल्गुन २०८०, मंगलवार १४:०४

विमानस्थलबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ


काठमाडौं, ८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर पक्राउ गरेका हुन् ।

गफुरले गएराति दुबई सुन लिएर आएका थिए । उनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।