जनता टाइम्स

८ फाल्गुन २०८०, मंगलवार १८:५५

लागूऔषधसहित भारतीय नागरिक पक्राउ


धनगढी, ८ माघ । कञ्चनपुरबाट लागूऔषध खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । १० ग्राम लागूऔषध खैरो हिरोइनसहित भारत बरेली बस्ने ३५ वर्षीय रहिम अहमद पक्राउ परेका हुन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय सुदूरपश्चिम कञ्चनपुर र लागूऔषध व्युरोको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्था जिल्लाको भीमदत्त नगरपालिका-९ बह्रमदेवबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।