जनता टाइम्स

६ आश्विन २०७६, सोमबार १६:१६

निजामती कर्मचारीको सख्या घटाउने तयारी


काठमाडौं, असोज ६

सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती तयारी गरेको छ । निजामतीका लागि ठुलो रकम खर्च गरेपनि प्रतिफल दिन नसकेको भन्दै सानो र चुस्त सख्यामा राख्ने तयारी गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको जानकारी दिनुभएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाले भन्नुभयो,‘लगानी गरिएको छ तर फल आएन, त्यहीकारण निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्‍न लागिएको हो ।’

मन्त्री पण्डितले निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । सेवा–सुविधामात्रै मागेर निजामती कर्मचारीहरुले हैरान पारेको उहाको गुनासो छ । निजामती कर्मचारीहरुको संख्या बढदै जाँदा त्यसका सेवा, सुविधामा केही कमी आउनुलाई स्वभाविक रुपमा लिनुपर्ने मन्त्री पण्डितको भनाई छ । अहिले नेपालमा झन्डै ८० हजार निजामती कर्मचारी छन् ।