काठमाडौं, ९ फागनु । सुनचाँदीको भाउ बढेको छ । आज तोलामा ४०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो ।













प्रतिक्रिया दिनुहोस्