जनता टाइम्स

१० फाल्गुन २०८०, बिहीबार १६:३७

पचरौता नगरपालिकामा एकैदिन बर्थिङ सेन्टर र वडा कार्यालय भवनको शिलान्यास


बारा, १० फागुन । बाराको पचरौता नगरपालिकाकामा एकैदिन बर्थिङ सेन्टर र वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । पचरौता नगरपालिका नगर प्रमुख जलन्धर सिंहले बर्थिंग सेन्टर र वडा कार्यालय भवनको शिलान्यास गर्नुभएको हो । पचरौता नगरपालिका वडा नं ७ स्थित भिखना पोखरीको डिलभित्र बर्थिङ सेन्टरको भवन र वडा न ७ को वडा कार्यालयको भवनको शिलान्‍‌न्यास गर्नुभएको हो ।

६० लाखको लागतमा बर्थिङ्ग सेन्टर र १ करोडको लाह्तामा वडा कार्यालयको भवन निर्माण हुने नगरपालिकाले जनाएको छ । शिलान्याश कार्यक्रममा बोल्दै नगरप्रमुख सिंहले, सुत्केरी हुन सदरमुकाम कलैया, बिरगंज अन्य छिमेकी स्थानीय तहमा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्नको लागि बर्थिङ सेन्टर निर्माण गर्न लागेको बताउनुभयो ।

‘नगरपालिकाले सबै वडामा वर्थिङ सेन्टर सञ्चालनको नीति लिएको छ’, उहाँले भन्नुभयो,‘आगामी आर्थिक वर्षभित्र एक वडा एक बर्थिङ सेन्टर सञ्चालन गरेर घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्ने हाम्रो उद्देश्य छ ।’ उक्त शिलान्‍‌न्यास कार्य्रकममा पचरौता नगरपालिकाका उपप्रमुख नसिमा खातून, वडा अध्यक्षहरु लक्ष्मी यादव, बनारसी मुखिया, धेनुक मुखिया, स्थानीय नेताहरु सुरेश यादव, भैयाराम सहनी, नेवाजी अन्सारी लगायतको उपस्थिति रहेको थियो ।