जनता टाइम्स

१० फाल्गुन २०८०, बिहीबार १७:४४

बलात्कार आरोपमा एकजना पक्राउ


ईलाम, १० फागुन । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका–१ बस्ने ३३ वर्षीय पेम्बा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई सूर्योदय नगरपालिका-१ मानेभञ्ज्याङबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।