जनता टाइम्स

६ आश्विन २०७६, सोमबार १८:१८

राष्ट्रकविको घरमा राष्ट्रपति, शताब्दी टेकेको अवसरमा शुभकामना


काठमाडौं, असोज ६

राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्ष अर्थात शताब्दी टेकेको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मदिनको शुभकामना दिनु भएको छ । राष्ट्रकवि निवास लैनचौर पुगेर राष्ट्रपति भण्डारीले घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिनु भएको हो ।

१९७६ असोज ७ गते लमजुङमा जन्मिएका घिमिरेले सोमबार उमेरले शताब्दी टेक्नु भएको हो । १९९४ सालमा ‘नवमञ्जरी’ नामक कविताको संग्रह प्रकाशन गरेर नेपाली साहित्य जगतमा प्रवेश गरेका घिमिरेले गीतनाटक, शोककाव्य, निबन्ध, काव्य, समालोचना गरी दुई दर्जन बढी कृति प्रकाशित छन् । हाल उहा महाकाव्य लेखिरहनु भएको छ ।

२००४ सालमा जीवनसंगिनी गौरीको निधन भएपछि घिमिरेले २००५ सालमा महाकालीसँग विवाह गर्नुभएको थियो । उहा भने अहिले ८४ वर्ष पुग्नु भयो ।