धनगढी, १० फागुन । बैतडीमा मलामी बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । आज दिउँसो डिलासैनी गाउँपालिका–१ को घरटामा गन्नादेखि धाउलातर्फ गइरहेको जाँदै गरेको सुपप्र ०१००१ च ३१४६ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा डिलासैनी गाउँपालिका–१ को धौला बस्ने ५० वर्षीय गोपालबहादुर बोहरा रहेका छन् ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार बोहराको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ६ जनाको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ । जिपमा चालकसहित १७ जना सवार रहेका छन् । जिप चालक डिलासैनी गाउँपालिका–६ बस्ने २२ वर्षीय धनबहादुर कठायत फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्