जनता टाइम्स

१३ फाल्गुन २०८०, आईतवार १३:२०

आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौ, १३ फागुन । नेपाली बजारमा सुन–चाँदीको भाउ आज बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो । छापावाल सुन प्रतिताला १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम रहेको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ९५ रुपैयाँ कायम रहेको थियो ।