जनता टाइम्स

१४ फाल्गुन २०८०, सोमबार १२:५७

आज ह्वात्तै घट्यो सुनचाँदीको भाउ, नेपाली बजारमा कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, फागुन १४ । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । आज सुन प्रतितोला २०० रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो ।