जनता टाइम्स

७ आश्विन २०७६, मंगलवार ०८:२४

विप्लव समुहका उपत्यका इन्चार्ज नबिन पक्राउ


काठमाडौं, असोज ७

प्रहरीले प्रतिवन्धित विप्लव समूहका उपत्यका इन्चार्ज नबिन विकेलााई पक्राउ गरेको छ । उनलाई ललितपुरको लुँभुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी टेकप्रसाद राईले जानकारी दिनुभयो ।

विके यस अघि ललितपुरको एनसेलको कार्यालयमा भएको विष्फोटनमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ । यस अघि प्रहरीले सोही समूहको उपत्यका इन्चार्ज माइला लामालाई पक्राउ गरेको थियो ।