धनगढी, १४ फागुन । कैलालीको गोदावरीकी एक विवाहित महिला पाँच दिनदेखि सम्पर्कविहिन हुनुभएको छ । गोदावरी नगरपालिका–५ वरबट्टाकी सुनीता परियार फागुन ९ गतेदेखि सम्पर्कविहिन हुनुभएको हो । उहाँको खोजीका लागि प्रहरीमा खवर गरे पनि फेला नपारेको उहाँका श्रीमान गणेश परियारले बताउनुभयो ।
सुनीताका ससुरा विनोद परियारले राति ९ बजे शौचालय जान्छु भनेर बाहिर निस्केकी बुहारी अहिलेसम्म पनि घरमा नआएको बताउनुभयो । उहाँले बुहारीको खोजी गर्न रातभरि गाउँमा खोजे पनि कतै नभेटेको बताउनुभयो । भारतमा रहेका सुनीताका श्रीमान् भने उहाँ हराएपछि घर आएको विनोदले बताउनुभयो । सुनिताका ४ छोराछोरी छन् ।
प्रतिक्रिया दिनुहोस्