जनता टाइम्स

१५ फाल्गुन २०८०, मंगलवार १३:४१

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नगद लाभांश वितरण गर्ने


काठमाडौं, १५ फागुन । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश वितरण गर्ने घोषण गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट हाल कायम चुक्ता पुँजीबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।