जनता टाइम्स

१५ फाल्गुन २०८०, मंगलवार १५:२०

जावलाखेल केपी ओली कपको सेमिफाइनलमा


काठमाडौं, १५ फागुन । जावलाखेल युथ क्लब केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज सम्पन्न क्वाटरफाइनलको खेलमा जावलाखेल युथ क्लबले केपी ओली एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

जावलाखेलको जितमा निरन्जन धामी र निरज चौधरीले एक एक गोल गरेका थिए ।

त्यसैगरी केपी ओली एफसीका लागि एक गोल अडामा डोउम्बियाले एक गोल फर्काएका थिए । अब जावलाखेलले सेमिफाइनलमा एनआरटीसँग खेल्ने छ । एनआरटीले थ्रीस्टार क्लबलाई पराजित गर्दै यसअघि नै सेमिफाइनलमा पुगेको थियो । यो खेल फागुन १७ गते हुने छ ।