जनता टाइम्स

७ आश्विन २०७६, मंगलवार ०९:१०

गाडीमा राख्ने क्रममा कालिमाटीबाट राँगो भागेपछि


काठमाडौं, असोज ७

गाडीमा लोड गर्दागर्दै भागेको राँगोलाई खिचापोखरीमा गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । मंगलबार बिहान करिब ३ बजे मासु प्रयोजनका लागि कालिमाटीमा गाडीमा राख्ने क्रममा राँगो भागेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार प्रहरीले एक राउन्ड गोली हानी फुत्केको करिब आधा घण्टाको अन्तरालमा राँगो नियन्त्रणमा लिएको हो। उक्त राँगोले खिचापोखरी पुगेर ४ जना मानिस घाइते बनाएका एसएसपी सुवेदीले बताउनु भयो । घाइतेहरुको वीर अस्पतालमा उपचार भइरहेको छ।

यस्तै किसिमका सम्भावित घटनाप्रति चनाखो रहन पनि मातहतको प्रहरीलाई निर्देशनसमेत दिइएको उहाले बताउनु भयो ।