जनता टाइम्स

१५ फाल्गुन २०८०, मंगलवार १९:२०

नाबालकबाट एक युवती बलात्कृत


धनगढी, १५ माघ । कैलालीमा एक नाबालक युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । सोमबार जिल्लाको लम्कीचुहा नगरपालिका–१ का १७ वर्षीय नाम गोप्य राखिएका एक नाबालकले युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार २५ वर्षीया युवतीमाथि ती नाबालकले करणी गरेको स्वीकार गरेका छन् । उनले सुस्त मनस्थिति रहेकी ती युवतीलाई बोलाएर करणी गरेको प्रहरीको दाबी छ ।

करणीमा परेकी युवतीले घरमा भनेपछि प्रहरीमा उजुरी आएकोमा घटना सार्वजनिक भएको हो । लम्कीमा यस्तो घटना भएको जानकारी जिल्लालाई प्राप्त भएको डीएसपी कुलदिप चन्दले बताउनुभयो ।