जनता टाइम्स

७ आश्विन २०७६, मंगलवार १०:२७

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारीपत्रमा हस्ताक्षर हुदै


काठमाडौं, असोज ७

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारी पत्रमा आज हस्ताक्षर हुदैछ । आपसी सहयोग र सहकार्यका लागि राजधानीको एक होटलमा समझदारी पत्रमा हस्ताक्षर हुन लागेको हो ।

समझदारीपत्रमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा नेकपा विदेश विभाग प्रमुख माधव कुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गर्नुहुनेछ । नेकपासँग पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीले समझदारी पत्रमा हस्ताक्षर गर्न लागेको हो ।

यसअघि तत्कालिन नेकपा एमाले र माओवादीसँग सम्झौता भएपनि नयाँ पार्टी गठन गरेपछि नेकपासँग भने भएको थिएन । उक्त समझदारीपत्रमा दुवै पार्टीबिच सहयोग, सहकार्य, भ्रमण र गोष्ठीहरू गर्ने विषय समेटिएको बताइएको छ ।