जनता टाइम्स

१६ फाल्गुन २०८०, बुधबार १५:०७

ओएनएफ न्यू साउथ वेल्स राज्य कमिटी अष्ट्रेलियाको तेस्रो अधिवेशनको तयारी पूरा


अष्ट्रेलिया, फागुन १६ । प्रवासी नेपाली मञ्च (ओएनएफ), न्यू साउथ वेल्स राज्य कमिटी अष्ट्रेलियाको तेस्रो अधिवेशनको तयारी पूरा भएको छ ।

यही मार्च २ गते शनिवार हुन लागेको अधिवेशनको लागि तयारीको सवै काम पूरा भएको प्रवासी नेपाली मञ्च अष्ट्रेलिया राष्ट्रिय कमिटीका अध्यक्ष केशव जोशीले जानकारी दिनुभयो । सो अधिवेशनको उदघाटन प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेले गर्नुहुनेछ ।

अन्तराष्ट्रिय कमिटीका उपाध्यक्ष पाण्डे प्रमुख अतिथी रहनुभएको सो अधिवेशनलाई सब्य र भब्य रुपमा सम्पन्न गर्न बिशेष योजनाका साथ काम अघि बढाइएको प्रवासी नेपाली मञ्च न्यू साउथ वेल्स अष्ट्रेलियाका अध्यक्ष कृष्ण सापकोटाले बताउनु भयो । अधिवेशनले संगठनले अहिलेसम्म गरेको कामको समिक्षासहित नयाँ योजनाका साथ नयाँ नेतृत्व चयन गर्नेछ ।