जनता टाइम्स

१७ फाल्गुन २०८०, बिहीबार १२:२८

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु


चितवन, १७ फागुन । चितवनको रत्ननगर नगरपालिका–९, कृष्ण मन्दिरनजिक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

गएराति प्रदेश २–०३–००१ ख ६९९६ नम्बरको ट्रकको ठक्करबाट पैदल यात्री एक पुरुषको मृत्यु भएको हो ।

मृतकको पहिचान नखुलेको प्रहरीको भनाइ छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।