काठमाडौं, १७ फागुन । नेपाली बजारमा सुनको भाउ आज तोलामा २०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ८५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन १ लाख १८ हजार २०० रुपैयाँ कायम रहेको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ तोलाको १३ सय ७५ रुपैयाँ कायम रहेको छ । बुधबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्