जनता टाइम्स

१७ फाल्गुन २०८०, बिहीबार १२:५२

शिखर इन्सुरेन्सले चैत ९ गते बोलायो एजीएम


काठमाडौं, १७ फागुन । शिखर इन्स्योरेन्सले लभांश प्रस्तावबिना नै चैत ९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समिति बैठकले यसअघि नै गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गर्ने भएको छ । फागुन २४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउँनेछन् । फागुन २५ र २६ गते क्रमशः शुक्रबार र शनिबार परेकाले सेयर कारोबार हुँदैन । सभा शिखर इन्स्योरेन्सको केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा बिहान ११ बजे सुरु हुनेछ ।