काठमाडौं, १७ फागुन । संघीय संसद् भवन परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ परेका लघुवित्तका ऋणीहरू रिहा हुनुभएको छ ।
आज जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई हाजिर जमानीमा रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी दिनुभयो ।
फागुन १४ गते सोमबार संसद् भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेको आरोपमा प्रहरीले ४९ जनालाई नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्