जनता टाइम्स

२० फाल्गुन २०८०, आईतवार १५:३०

नेप्से परिसूचक पौने १२ अंकले घट्यो


काठमाडौं, २० फागुन । नेप्से परिसूचक पौने १२ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार ११।७८ अंकले घटेको सेयर बजार १९६०।३० विन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३०९ वटा कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको स्थिर रह्यो ।