काठमाडौं, २१ फागुन । काठमाडौंको कोटेश्वरमा ड्युटी गरिरहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएको छ । बिहान ९ बजेर ४१ मिनेटमा कोटेश्वरबाट बालकुमारीतर्फ मोडिनेक्रममा बसले नायब निरीक्षक (सई) टोपबहादुर खत्रीलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट उनी गम्भीर घाइते भएका छन् । उहाँको अन्नपूर्ण न्युरोमा उपचार भइरहेको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालय प्रवक्ता जिवन श्रेष्ठले खत्रीको आईसीयूमा राखेर उपचार भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्