जनता टाइम्स

२२ फाल्गुन २०८०, मंगलवार १२:१५

प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो


काठमाडौं, फागुन २२ । प्रि–ओपन सेसनमा नेप्से सूचक १६.७० अंकले बढेको छ । यससँगै सूचक २०५४.७१ विन्दमा आएको छ ।

१६९ कम्पनीको १ लाख भन्दा बढी कित्ता सेयर कारोबार हुँदा ४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ७ सय वटा कारोबार भएको हो । १३९ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।