जनता टाइम्स

७ आश्विन २०७६, मंगलवार १६:२०

बिवेक र अमृताको नयाँ दशैँ गित ‘दशैँ आयो’ (भिडियोसहित)


काठमाडौं, असोज ७

लोकदोहोरी गायिका अमृता लुंगेली मगर र बिवेक श्रेष्ठको आवाजमा ‘दशैँ आयो’ गीतको भिडियो सार्वजनिक भएको छ । सिपि मगरको शब्द संगीत रहेको उक्त गीतमा कृष्ण बिकले एरेन्ज गर्नुभएको छ । स्मृती तिमिल्सिना (गुरु आमा) ले निर्देशन गरेको गीतको भिडियोमा दिनेश छेत्री र गायिका अमृताकै अभिनय छ ।

सुरेश श्रेष्ठले छायांकन गरेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् । उक्त भिडियो गायिका अमृता लुंगेलीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । नजिकै आइसकेको दशैँलाई लक्षित गरि पारिवारिक रहनसहन र मौलिक परिवेशलाई उठान गरेर गीत बजारमा ल्याएको गायिकाले लुंगेलीले बताउनुभयो ।