जनता टाइम्स

२५ फाल्गुन २०८०, शुक्रबार १४:१२

गोरखा नगरपालिकाको प्रशासकीय अधिकृतको कार्यकक्षमा उपप्रमुखसहितले लगाए ताला


गोरखा, २५ फागुन । कांग्रेसबाट निर्वाचित नगर सभा सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउनुभएको छ । १३ औं अधिवेशनमा प्रतिवेदनहरुमाथि छलफल नगराएको भन्दै उपप्रमुखसहित कांग्रेसबाट निर्वाचित नगर सभा सदस्यहरुले बिहिवार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउनुभएको हो ।

उपप्रमुखसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले प्रेस विज्ञप्ति जारी गर्दै नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले नगर सभाको प्रतिवेदनहरू माथि छलफल नगराएको भन्दै प्रमुख प्रशासकीय अधिकृतको व्यवहारप्रति आपत्ति जनाउनुभएको हो ।

‘कार्यसूची बमोजिमका विषयमा निर्णायार्थ प्रस्ताव गर्दै हुन्छ वा हुन्न भन्ने शब्दहरुको अल्पमत बहुमतको समेत ख्याल नगरी नगरसभा सदस्यहरुको आवाजलाई बेवास्ता गरी कार्यसूचीमा प्रस्तुत भएका दफाहरु एकलौटी ढंगबाट स्वीकृत भएको घोषणा गर्दै नगर सभा अन्त्य भएको घोषणा गर्नुभयो,’ विज्ञप्तिमा भनिएको छ ।