जनता टाइम्स

२६ फाल्गुन २०८०, शनिबार १२:५४

उत्तरपश्चिम गाजामा पाँच प्यालेस्टाइनीको मृत्यु


गाजापट्टी, २६ फागुन । उत्तरपश्चिमी गाजामा एक प्यारासुट खोल्न असफल भएपछि बक्समा ठोक्किएर पाँच जनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन् । गाजामा प्यालेस्टाइन सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालले सहायता गाजा शहरको उत्तरपश्चिम क्षेत्रका बासिन्दाहरूको घरमा लगिँदै थियो ।

प्रत्यक्षदर्शीहरूका अनसार गाजा शहरमा विमानद्वारा पठाइएको सहायता तिनीहरूको प्यारासुटहरू राम्रोसँग नखुली खसेका थिए ।

गाजाका मानिसहरूलाई खाद्यान्न, पानी, औषधी र आश्रयको ठूलो अभाव भएको थपिएको छ । इजिप्ट, जोर्डन, संयुक्त अरब इमिरेट्स, फ्रान्स, नेदरल्याण्ड्स र संयुक्त राज्य अमेरिकालगायत धेरै देशहरूले पट्टीमा खाद्यान्न सहायताका लागि एक सातादेखि संयुक्त अभियान सञ्चालन गरिरहेका छन् ।