जनता टाइम्स

२७ फाल्गुन २०८०, आईतवार १९:५०

मुन्नाको नामले बालिका लिएर गएका वीरगञ्जका महमद ईस्राफिम भारतमा पक्राउ


रौतहट, २७ फागुन । आफ्नो नाम परिवर्तन गरी नेपाली बालिकालाई भारतको केरला लैजान लागेका वीरगञ्जका एक जना मुस्लिम समुदायका युवक भारतको उत्तराखण्डबाट पक्राउ परेका छन् । १४ वर्षीय बालिकालाई नक्कली माया प्रेममा फसाएर केरला लागिरहेका वीरगञ्जका स्थानिय वर्ष २६ का मोहम्मद इस्राफिल अन्सारी पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ ।

भारतको उत्तराखण्ड भीम तालबाट अन्सारी पक्राउसँगै बालिकालाई उद्धार गरिएको मानव बेचबिखन नियन्त्रण इकाई एरिया हेडक्वार्टर एसएसबी बेतिया कार्यालय ४७औं कोर एसएसबी रक्सौलका इन्स्पेक्टर मनोजकुमार शर्माले जानकारी दिनुभयो । बालिकालाई सोधपुछ गर्दा अन्सारीले आफूलाई केरला लैजाने चाहेको बयान दिएपछि उत्तराखण्ड प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको इन्स्पेक्टर शर्माले बताउनुभयो ।

अन्सारीले नाबालिगसँग इन्स्टाग्राम मार्फत चिनजान गरेका थिए । आफ्नो वास्तविक नाम लुकाएर युवतीलाई मुन्ना महतो बताएका थिए । इस्राफिलले संयोगबस एक दिन आफ्नो मोबाईल घरमा बिर्सेको समय उनका एक जना आफन्तले फोन गरेर इस्राफिल कहाँ छ भनेर सोधेपछि मात्र आफूले उनको वास्तविक नामबारे चाल पाएको बताइन् । आरोपी मोहम्मद इस्राफिल अन्सारीले सोधपुछका क्रममा यसअघि थप दुई युवतीसँग यसैगरी विवाह गरेर छोडेको बयान दिएको भारतीय प्रहरीले जनाएको छ ।