जनता टाइम्स

२८ फाल्गुन २०८०, सोमबार १४:२५

सर्वोत्तमले नियुक्त गर्यो एनआइएमबि एस क्यापिटललाई सेयर रजिष्ट्रार


काठमाडौं, फागुन २८ । एनआइएमबि एस क्यापिटल मार्फत सर्वोत्तम सिमेन्टको सेयर रजिष्ट्रारको काम हुने भएको छ । यस कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनआइएमबि एस क्यापिटलले गर्नेछ ।

सर्वोत्तम सिमेन्टले केही समयअघि मात्र आइपीओ जारी गरेको हो ।