जनता टाइम्स

२८ फाल्गुन २०८०, सोमबार १८:३३

बाजुराको जुगाडा केन्द्रबिन्दु भएर गयो भूकम्प


काठमाडौं, २८ फागुन । बाजुराको जुगाडा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ चार बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको क्षति बारे एकिन जानकारी आइसकेको छैन ।