काठमाडौं, असोज ८ । कृषि विकास बैंकको सीस्टम ह्याक गरी ३ करोडभन्दा धेरै रकम निकालिएको छ । सो आरोपमा प्रहरीले ९ जनालाई मंगलबार राति पक्राउ गरेको छ । अवैध रुपमा रकम निकालिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
एसएसपी सहकुल थापाले दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने जानकारी दिनुभयो । उहाका अनुसार ती समूहले अन्य बैंकमा पनि रकम निकाल्ने प्रयास गरेका थिए । उनीहरुले बैंकको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम लुट्न लाग्दा लाग्दै रंगेहात नियन्त्रणमा लिइएको बताइएको छ। प्रहरीले पक्राउ परेकाहरुको नाम गोप्य राखेको छ भने कसरी ह्याक गरी रकम निकालियो भन्नेबारे पनि केही बताएको छैन ।
काठमाडौंबाट पक्राउ परेका तीन जना नेपाली नै हुन्। उनीहरुको साथबाट प्रहरीले केही रकम समेत बरामद गरेको छ। प्रहरीले ट्रान्सफर भएको रकम बाहिरी नसकेको जानकारी दिएको छ। सिरहा प्रहरी स्रोतका अनुसार असोज ५ गते सो रकम सिरहा शाखाबाट केन्द्रीय बैंक हुँदै गिरोहले लुटेको देखिएको छ। सो रकम कसरी सिरहा शाखा हुँदै केन्द्रीय बैंकबाट बाहिरियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। भदौ १५ गतेमा प्रहरीले एटिएम ह्याक गरी रकम झिक्ने चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्