जनता टाइम्स

३० फाल्गुन २०८०, बुधबार १३:४७

अहिलेको गठबन्धनको गोत्र मिलेको छ : महिन्द्रराय यादव


काठमाडौं, ३० फागुन । नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्रराय यादवले अहिलेको माओवादी–एमाले गठबन्धनको गोत्र पनि मिलेको बताउनुभएको छ । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले कांग्रेस र माओवादीको गठबन्धन गोत्रै नमिल्ने गठबन्धन बनेको भन्दै अहिलेको नयाँ गठबन्धनको गोत्र मिलेको बताउनुभयो । ‘गोत्रको कुरा छ नेपाली कांग्रेससँग मिलेको थिएन । यता मिलेको छ यो प्राकृतिक गोत्र बनेको छ ।

विगतको गठबन्धन अप्राकृतिक थियो । किनभने अहिले उहाँहरूको कुरा सुन्दा मंसिर ४ को कुरा आयो । त्यसबेला गठबन्धन बन्दा बीचमा कुनै लिखित दस्ताबेज, साझा घोषणा पत्र थिएन । विश्वासको आधारमा भएको हो । गठबन्धनले माओवादीलाई २० सिट कम भयो । नेपाली कांग्रेससँग गठबन्धन बनाउँदा माओवादीलाई ठूलो धोका भएको छ,’ उहाँले भन्नुभयो ।