जनता टाइम्स

३० फाल्गुन २०८०, बुधबार १७:३२

छात्रालाई दुर्व्यवहार गरेको आरोपमा मुनलाइट होस्टल सञ्चालक मधु रेग्मी पक्राउ


बिराटनगर, ३० फागुन । होस्टलमा बस्ने विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा मुनलाइट गल्स होस्टल सञ्चालक मधु रेग्मी पक्राउ परेकी छन् । मोरङको विराटनगर महानगरपालिका ८ मा रहेको सो होस्टलमा बस्दै आएकी एक छात्रालाई राति नै होस्टल छाड्न भन्दै लछारपछार गरेको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल छ ।

रेग्मीका बिरुद्धमा जाहेरी भने दर्ता भएको छैन् तर उनलाई तत्काल नियन्त्रणमा लिएर कार्वाही गर्नुपर्ने चौतर्फी दवाव बढेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक रञ्जन कुमार दाहाले जानकारी दिनुभयो । जाहेरी दर्ता भएपछि मुद्धाको प्रकृतिअनुसार कारबाही अगाडि बढाउने तयारीमा रहेको दाहालले बताउनुभएको छ ।

विराटनगरमा पुरानो राजनैतिक बिरासत रहेको रेग्मी परिवारले नर्सिङ कलेजकै नजिकका मानिससँगको लाभांश साझेदारीमा होस्टल चलाउने गरेको आशंका छ । यस घटनामा विभिन्न विद्यार्थी संगठनले चासो दिएका छन् भने विराटनगर नर्सिङ क्याम्पस इकाई समितिले निन्दा गर्दै कडा कारबाहीको माग गरेर विज्ञप्ति निकालेको छ ।