बैतडी, ३० फागुन । बैतडीमा विष्पोटक पदार्थको मुद्धामा दोषी रहेका तीन जना फरार दोषी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीका अनुसार दशरथचन्द नगरपालिका–६ का ४४ वर्षीय नारायणसिंह ऐरि, सोही ठाउँका ४७ वर्षीय अर्जुनसिंह रावल र ५१ वर्षीय भीमसिंह ठगुन्ना पक्राउ परेका हुन् ।
उनीहरु तीनै जनालाई विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्धामा जनही १ महिना १९ दिन कैदस सजया तोकिएको थियो ।
सजाय तोकेकै दिनबाट फरार रहेका उनीहरुलाई आज पक्राउ गरि कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको प्रहरी प्रवक्ता जोशीले बताउनुभयो । बैतडीमा यसअघि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना मंगलवार पक्राउ परेको थिए ।
प्रतिक्रिया दिनुहोस्