जनता टाइम्स

२ चैत्र २०८०, शुक्रबार १५:५२

नेपाली फिल्म अन्तर्राष्ट्रिय स्तरमा लैजान लहड र रहरमा होइन स्तरीय बनाउनुपर्छ : केपी ओली


काठमाडौं, २ चैत । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली फिल्म अन्तर्राष्ट्रिय स्तरमा लैजान लहड र रहरमा होइन स्तरीय फिल्न बनाउनुपर्ने बताउनुभयो ।

सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमका अवसरमा आज राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । चलचित्र महोत्सवको दोस्रो दिन ओलीसँग नेपाली सिने जगतका महानायक राजेश हमालले संवाद गर्नुभएको हो ।

अध्यक्ष ओलीले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा कसरी लैजान सकिन्छ भन्ने कुरामा प्रोत्साहित गर्न केही कामहरु सरकारका तर्फबाट गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘तर मूख्य कुरा सिनेमा १९५१ मा हरिषचन्द्र पहिलो नेपाली फिल्म बनेको बेलाको जस्तो सरकारको लगानिमा सरकारले फिल्म बनाइदिन्छ भन्ने अवको समय रहेन त्यसकारण स्तरीय फिल्म बन्नुपर्यो ।’

उहाँले थप्नुभयो,‘हामिले फिल्म निर्माताले एउटा फिल्म बनाइहालौं न त ! रहर गर्ने, लहडमा फिल्म बनाउने भन्दा पनि स्तरीय फिल्मतर्फ ध्यान दिनुपर्यो । हाम्रो जनसंख्या सानो छ, त्यसकारण आफ्नै जनसंख्यामा फिल्म इन्डष्ट्रिबाट धेरै कमिंदैन । त्यसलाई कति स्तरीय बनाउन सकिन्छ त्यसमा भर पर्छ ।’

नेपालको इतिहासमै पहिलो पटक पूर्व प्रधानमन्त्रीसँग सिनेमा संवाद भएको हो । महोत्सवको दोस्रो दिन आज राष्ट्रियसभा गृहमा स्वदेशी तथा विदेशी चलचित्रकर्मी उपस्थित हुनुभएको थियो । संवादमा फिल्मका विविध आयाम र विधालाई समेटेर निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यका विषयमा छलफल भइरहेको छ । चैतको १ गतेदेखि सुरु भएको यो महोत्सव ५ गतेसम्म चल्नेछ ।