काठमाडौं, ३ चैत । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले हिजो पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो ।
नयाँ मूल्य आज बिहान १ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटेको हो ।













प्रतिक्रिया दिनुहोस्