जनता टाइम्स

३ चैत्र २०८०, शनिबार १६:४६

कैलालीमा ट्रकमा आगलागी


अत्तरिया, ३ चैत । कैलालीको बैनीयामा एक लाइटर बोकेको ट्रकमा आगलागी भएको छ ।  पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगलागी भएको हो । आगो अहिले निभाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सडकपुर बैनीयाले जनाएको छ ।

वीरगञ्जबाट धनगढी आउँदै गरेको प्र. ३–०३–००१ ख ००१२ नं को ट्रकमा आगलागी भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विकले जानकारी दिनुभयो । लाइटरसहित खुर्सानी बोकेको उक्त ट्रकमा लाइटरकै कारण आगो लागेको प्रहरीले अनुमान गरेको छ ।

दिउँसो ३ बजेतिर कैलालीको बर्दगोरिया गाउँपालिका–१ मुडा बजार नजिक आगो लागेको थियो । घोडाघोडी र लम्कीचुहा नगरपालिकाको दमकल चाँडै आउँदा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । यसअघि सोमबार पनि कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी भएको थियो ।