जनता टाइम्स

३ चैत्र २०८०, शनिबार १९:२९

ललितपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


काठमाडौं, ३ चैत । ललितपुर महानगरपालिका–२८ हरिसिद्धि कर्मनाशा खोलास्थित खोलामा माछा मार्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका सल्यान कपुरकोट गाउँपालिका–४ घर भएका ४६ वर्षीय चन्द बहादुर एरीको शुक्रबार दिउँसो पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।