काठमाडौं, ३ चैत । काठमाडौं महानगरपालिका–२६ रानीबारीमा हिजो दिउँसै चोरी भएको छ । डेरा गरी बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका–४ घर भएको रूपा श्रेष्ठको कोठामा चोरी भएको हो ।
चोरले ताला फोडेर सुन तथा चाँदीको विभिन्न गरगहना गरी करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्